जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता

प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता

प्रभु बैंक लिमिटेड र ‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेश’ बीच सम्झौता भएको छ । उक्त सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal नामक परियोजनाका लागि भएको हो ।

उक्त सम्झौता पत्रमा‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेशका तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका