जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • चितवनमा केरा खेतीमा ठूलो क्षति : शिखर इन्स्योरेन्सलाई १२ करोडको भार

चितवनमा केरा खेतीमा ठूलो क्षति : शिखर इन्स्योरेन्सलाई १२ करोडको भार

चितवन जिल्लामा शुक्रबार र शनिबार साँझपख आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ । चितवनको पूर्वी भागमा पर्ने रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा आएको हावाहुरीले ठूलाठूला केरा बगानमा लगाइएको सबैजसो केराका बोट ढलेका छन् । तर जिल्लाको पश्चिम क्षेत्रमा गरिएको केरा खेतीमा खासै नोक्सानी नभएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताएका छन् ।

१५ दिनपछि बजार लैजान मिल्ने अवस्थामा रहेका केराको बोटहरू ढलेर नोक्सान हुँदा कृषकलाई ठूलो मार परेको अध्यक्ष घिमिरेले बताए । क्षतिको विवरण संकलन भइरहेको र करिब २ हजारदेखि २ हजार ५०० बिघामा लगाएको केरा खेतीमा हावाहुरीले क्षति पुर्‍याएको उनले बताए । उनकाअनुसार हावाहुरीबाट करिब १२ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

चितवनमा हाल ३ हजार ५०० बिघामा केरा खेती गरिएको छ । सबैभन्दा धेरै चितवनको पूर्वी भेगमा नै छ । चितवनको सबैजसो केरा खेतीको बीमा शिखर इन्स्योरेन्समा छ । उक्त कम्पनीको चितवनस्थित क्षेत्रिय म्यानेजर अरुण देव आचार्यले क्षतिको दाबी निवेदन आउने क्रम जारी रहेको बताए । उनले दाबी पेश गर्ने सोमबार अन्तिम दिन भएकाले कति दाबी पर्छ भन्ने मंगलबार मात्र थाहा हने बताए ।

त्यसो त संघका अध्यक्षले पनि हालसम्म १२ करोड रुपैयाँ बराबरको क्षति भएको र थप क्षतिको विवरण आउने क्रम जारी रहेको बताएका छन् । अहिलेसम्मकै विवरण अनुसार पनि कम्पनीले क्षतिपूर्ति वापत १२ करोड बढी दायित्व बहन गर्नुपर्ने अवस्था सृजना भएको छ ।

चितवनमा गत वर्ष पनि केरा खेती गरेका कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको थियो । त्यसको क्षतिपूर्ति अझै पाइनसकेको कतिपय कृषकले गुनासो गर्दै आएका छन् ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका