जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई कुश्माको जिपलाइन र बेशीसहरको गेट वे हिमालय रिसोर्टमा छुट

प्रभु बैंकका ग्राहकलाई कुश्माको जिपलाइन र बेशीसहरको गेट वे हिमालय रिसोर्टमा छुट

पर्वतको कुश्मामा अवस्थित हार्नेस जिपलाइन र लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरमा अवस्थित गेट वे हिमालय रिसोर्टले आफ्ना सेवामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि विशेष छुट दिने भएका छन् ।

हार्नेस जिपलाइन प्रालि र गेट वे हिमालय रिसोर्टसँग प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई छुट दिने सम्बन्धमा सम्झौता गरेको हो ।

एक समारोहबीच हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रालिका तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङ लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै बेशीसहरको गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवास सम्बन्धी सुविधामा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका