जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड,

एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड,

एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकलाई विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा पुरस्कार प्रदान गरिएको हो।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकले जनाएको छ।

एनएमबि बैंकले विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट पनि बैंक सम्मानित भइसकेको छ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।

एनएमबि बैंकका हाल देशभर २०१ शाखाहरु छन्।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका