जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नक्सालस्थित बाल मन्दिर जग्गा ठगी प्रकरण: बाल संगठनका तत्कालीन उपाध्यक्ष पक्राउ

नक्सालस्थित बाल मन्दिर जग्गा ठगी प्रकरण: बाल संगठनका तत्कालीन उपाध्यक्ष पक्राउ

नक्सालस्थित बालमन्दिरको जग्गा ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् ।  उक्त जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । 

अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ । अदालतले अनुमति दिएको एक महिनापछि श्रेष्ठ पक्राउ परेका हुन् ।

बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

यस्तै योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दिपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको हो । यसवाहेक वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सीआईबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता होविन्द्र बोगटीले बताए । बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक एक करोड ९ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ । 

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै नेपाल बाल संगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको बताइएको छ ।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका