जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • जिओ अटोमोबाइल्सले चिनियाँ ईभी काई ब्राण्ड ल्याउने

जिओ अटोमोबाइल्सले चिनियाँ ईभी काई ब्राण्ड ल्याउने

जिओ अटोमोबाइल्स प्रालिले चिनियाँ ब्राण्ड काई भित्र्याउने भएको छ । काई चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको सब ब्राण्ड हो ।

जिओ अटोमोबाइल्सले काई एक्स थ्री प्रो भित्र्याउन लागेको हो । जिओ अटोमोबाइल्सको प्रबन्ध निर्देशक आकाश गोल्छाले डेढ महिनाभित्र थापाथली सो-रुमबाट बिक्री थाल्ने बताए ।

कम्पनीले सो-रुम, सर्भिसिङ सेन्टरलगायत तयारीको काम समेत थालिसकेको छ । यो गाडी लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई१६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ । यो २०२२ को मोडल अनुसारको विवरण हो ।

लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । ब्याट्रीको क्षमता ५३ किलोवाट रहेको छ । हर्स पावर १६४ एचपी रहेको छ । फुल चार्जमा ४०० किमीसम्म यात्रा गर्न सकिने छ ।

यो गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट,११ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङलगायतका फिचरहरु रहेका छन् । ३६० क्यामेरा छ ।

जिओ अटोमोबाइल्स गोल्छा अर्गनाइजेसनको कम्पनी हो 

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?