जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • बचतकर्ताको साढे ७ करोड ठग्ने स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

बचतकर्ताको साढे ७ करोड ठग्ने स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

बचतकर्ताको बचत अपचलन गर्ने स्क्वायर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, सचिव र सदस्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

बचतकर्ताहरुको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत अपचलन गर्ने सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका १४ कुलेश्वरका बाशु देव मान जोशी, कामनपा २५ केलटोल बस्ने सहकारीका सचिव सुवर्ण सेलालिक, कामनपा २६ नरदेवी बस्ने सहकारीका सदस्य धर्म रत्न पाछैंलाई ब्यूरोले २५ गते पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय सहकारी विभागको पत्रको आधारमा जिल्ला काठमाडौंका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जनाए ।

कामनपा २३ मखनमा कार्यालय रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज दिने भनेर ठग्दै आएको अनुसन्धानले देखाएको छ ।

निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको बचतकर्ताको गुनासो छ । हाल सहकारीको कार्यालय बन्द रहेको छ । उनीहरु फरार रहेका थिए ।

तीन जनालाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौबाट दिन ७ को म्याद थप गरिएको सीआईबीले जनाएको छ । स्क्वायर बचत तथा ऋण सहकारीबाट पीडित बचतकर्तालाई यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न अनुरोध गरिएको छ । जोशी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सचिवालयमा आबद्द छन् ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?