जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१

बजार लयमा फर्किएको संकेत

साताको दोस्रो कारोबार दिन सोमबार बजार ८.४९ अंकले बढेको छ ।यो दिन बजार बढेर २ हजार ८२.०९ विन्दुमा बन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार बजार ४.५९ अंकले घटेको थियो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि ०.८६ अंकले बढेर ३६९.०५ विन्दु कायम भएको छ ।

यो दिन कारोबार भएका ३१४ वटा कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयरमूल्य बढेको छ । त्यस्तै ९ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१४ वटा कम्पनीमा १ करोड १६ लाख ३४ हजार ६१८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ६०लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ५ अर्ब १८ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 

यो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।यसले आगामी दिनमा बजारले अझ बजार अगाडि बढ्दै लय समात्ने संकेत गरेको  छ। लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको कतिपय लगानीकर्ताको भनाइ छ । तर लगातकर्ता रामविनय पण्डित भने बजार घट्नु पर्ने अन्य केहि कारण नभएकोले अब बजारले लय समात्ने बताउँछन् ।

नेपाल राष्ट्र बैंकले आइतबार नै आगामी मौद्रिक नीतिको समीक्षाका लागि राय सुझाव दिन अनुरोध गरेको छ । 

आगामी साउन महिना १५ गते भित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।आफू जाँदाजाँदै गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो हुने बताइसकेका छन् ।

यो दिन शिर्षकारोबार एनआरएन इन्फ्रास्टक्चरको भएको छ । उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यो दिन तीन वटा अलग-अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा कुथेली बुखारी स्मल हाइड्रोपावर,त्रिशुली जलविद्युत कम्पनी र पोखरा फाइनान्सको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै मोलुङ पावर कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशतले बढेको छ । 

यो दिन १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ। यस दिन हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ। त्यस्तै निर्जीबन बीमा उपसमूह १.२८ प्रतिशतले बढेको छ । अन्य विकास बैंक,वित्त, लगानी, लघुवित्त उपसमूह भने सामान्य बढेका छन् ।

यस दिन सबैभन्दा बढी म्युचुअल फण्ड ३.७४ प्रतिशतले घटेको छ।यसैगरी, व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका