जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • मेगा ड्रिम सहकारीले ठग्यो साढे २१ करोडः अध्यक्ष रेग्मीसहित ६ जना फरार

मेगा ड्रिम सहकारीले ठग्यो साढे २१ करोडः अध्यक्ष रेग्मीसहित ६ जना फरार

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संंस्थाका अध्यक्ष तथा सञ्चालकले १६२ जना बचतकतर्चाको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ ठगीको आरोप लागेको छ ।

बचतकर्ताको उक्त रकम ठगीमा संलग्न १० जनामध्ये अध्यक्षसहित ६ जना फरार रहेका छन् । ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । १० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दायर गरेको छ ।

अहिलेसम्म सहकारीका उपाध्यक्ष गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–५ बासुदेव भट्ट, सहकारीका सचिव महोत्तरी जिल्ला बर्दीबास नगरपालिका–११ का इन्द्रप्रसाद गेलाल, सहकारीका सदस्य प्यूठान जिल्ला माण्डवी गाउँपालिका–१ का शरद कुमार अधिकारी, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने पक्राउ परेका छन् ।

यस्तै बचतकर्ताको बचत ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष बझाङ जिल्ला छबिसपाथिभरा गाँउपालिका–४ का महाशंकर रेग्मी, संस्थाका कोषाध्यक्ष ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका–१० का रविन कुमार कार्की, सहकारीका सदस्य काभ्रे जिल्ला पनौती नगरपालिका–४ का राजकुमार श्रेष्ठ, लेखा समितिका सदस्य म्याग्दी जिल्ला बेनी नगरपालिका–२ का प्रकाश घिमिरे, लेखा समिति सदस्य काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ की सुभद्रा चौलागाई र सहकारीका सदस्य दोलखा जिल्ला तामाकोशी गाउँपालिका–१ शेखर बस्नेत फरार रहेका छन् ।

उक्त सहकारीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको छ । यसका शाखा समेत रहेका छन् । उक्त सहकारी अहिले बन्द रहेको छ ।

प्रहरीका अनुसार बचतकर्ता ठग्नेहरु बासुदेव भट्ट, ईन्द्र प्रसाद गेलाल, शरद कुमार अधिकारी, महाशंकर रेग्मी, रबिन कुमार कार्की, शेखर बस्नेत, राज कुमार श्रेष्ठ, उमाकान्त न्यौपाने, प्रकाश घिमिरे र सुभद्रा चौलागाईले २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ ठगी गरेका छन् ।

जसमा बासुदेव भट्ट, ईन्द्र प्रसाद गेलाल, शरद कुमार अधिकारी, महाशंकर रेग्मी, रबिन कुमार कार्की, शेखर बस्नेत, राज कुमार श्रेष्ठ उमाकान्त न्यौपाने, प्रकाश घिमिरे र सुभद्रा चौलागाईलाई मुलुकी अपराध संहिता, २०७४ को दफ २४९ को उपदफा (१) विपरीत सोही दफाको उपदफा (२) बमोजिमको कसूरमा सोही संहिताको दफ २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय गर्न माग गरिएको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?