जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ९ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ९ जना पक्राउ

कमशल धितोमा कर्जा दिएको अभियोगमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष, ७ जना सन्चालक र एक जना सिडिए सेक्सन चिफ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ जनालाई आजै विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका तत्कालिन अध्यक्ष राजेश कुमार श्रेष्ठ, तत्कालिन सञ्चालक सुनिल कुमार न्यौपाने, प्रा डा गिता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली र उमा कुमारी श्रेष्ठ रहेका छन् । यस्तै प्रभु बैंकका हालका सन्चालक अभिषेक बज्राचार्य र सिडिए सेक्सन चिफ शिव गोपाल रिसाल रहेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउदेश्यीय सहकारी संस्थाको संचालक समितिको अध्यक्ष, तथा पुजा ग्रुप अन्तर्गतका पुजा ट्रेडिङ एण्ड मार्केटीङ प्रालि, पुजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपुर्ण डिष्टिलरी प्रालि समेतको संचालक रबिन्द्र चौलागाईले कमशल धितोमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकबाट ऋण लिएका थिए ।

बैंकका कर्मचारी तथा पदाधिकारीहरुको मिलेमतोमा बैंकको रकम हिनामिना गर्ने उदेश्य राखी चौलागाईले निजको परिवार भित्रका नातेदार समेतको नाममा धितोले खाम्ने भन्दा अत्यधिक बढी २ अर्ब ३० करोड ८१ लाख ऋण लिएका थिए ।
पुजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपुर्ण डिष्टिलरी प्रालि कम्पनीहरु संचालन गरि राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिका भन्दा बाहिर गएर कर्जा प्रवाह भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

कम्पनिहरुको वास्तविक कारोवार रकम भन्दा बढी कारोवार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाई, मुल्य अभिबृद्धी करको कागज बनाई, नभएको कारोबारको स्टक तथा रिसिभेबल देखाई गलत वित्तीय विवरण तयार गरी, नक्कली लेखा परिक्षण गरेको अनुसन्धानले देखाएको छ । नक्कली कागजातको आडमा गैरकानूनीरुपमा पक्राउ परेको व्यक्तिहरुले आ-आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरी विभिन्न शिर्षकमा धितोले खाम्ने भन्दा अत्यधिक बढी रकम लिएको पाइएको हो ।

बैंकिङ कसूरमा संलग्न तत्कालिन सेन्चुरी कमर्सियल बैंकका तत्कालिन सीईओ मनौज न्यौपाने समेतलाई २०८० फागून १४ गते बैंकिङ कसूर तथा सजाय ऐन,२०६४ बमोजिम मुद्दा दर्ता गरि अनुसन्धानको क्रममा तत्कालिन संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ समेतको संलग्नता देखिएकोले ब्यूरोले जनाएको छ । ९ जनालाई आजै विभिन्न स्थानहरुबाट पक्राउ गरी बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?