जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नाफामा नबिल नै नम्बर वान: कृषि विकास, प्रभु, प्राइम र एभरेष्टले बढाए

नाफामा नबिल नै नम्बर वान: कृषि विकास, प्रभु, प्राइम र एभरेष्टले बढाए

अधिकांश बैंकहरु नाफा घटेको छ । हाल संचालनमा रहेकामध्ये १४ वटा वाणिज्य बैंकको नाफा घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा समग्र बैंकहरुको नाफा १४.९७ प्रतिशत घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब १६ करोड ३० लाख बढी नाफा कमाएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कृषि विकास बैंकसहित ६ वटाको मात्रै नाफा वृद्धि भएको छ । कृषि विकास बैंकले नाफा शतप्रतिशत बढाएको देखिन्छ । गत आवको बैशाखसम्म बैंकले १ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा भने १२०.६५ प्रतिशत बढाएर २ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, नाफा वृद्धिदरको आधारमा प्राइम बैंक दोस्रो स्थानमा छ । समिक्षा अवधिमा प्राइमको नाफा १५.२१ प्रतिशत बढेर ३ अर्ब २२ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । यता, सिद्धार्थ बैंकको नाफा पनि १०.०७ प्रतिशत बढेर १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, प्रभु, एभरेष्ट र सिटिजन बैंकले पनि नाफा बढाएका छन् । समिक्षा अवधिमा यी दुई बैंकको नाफा क्रमशः ८.४१ प्रतिशत र ८.०३ प्रतिशत बढेको छ । १० महिनामा प्रभु बैंकले २ अर्ब ५० करोड ४६ लाख र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । यता, सिटिजन बैंकले पनि नाफा ५.०९ प्रतिशत बढाएर १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । यी बाहेकका अन्य बैंकहरुको नाफामा भने संकुचन आएको छ ।

नबिलले कमायो सर्वाधिक नाफा, ग्लोबल आइएमईलाई पच्छ्याउँदै एनआइएमबि

१० महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ । बैंकले सर्वाधिक ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको बैशाखसम्मको तुलनामा भने नबिलको नाफा १०.७४ प्रतिशत कमी हो ।

नाफाको आधारमा ग्लोबल आइएमई दोस्रो सूचीमा छ । बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २२.८० प्रतिशत कमी हो ।

यता, तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले पनि ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको बैशाखसम्मको तुलनामा भने बैंकको नाफा ३.२३ प्रतिशत घटेको हो ।

एनआइसी एशिया र नेपाल बैंकको नाफामा उच्च गिरावट, अन्य कसले कति कमाए ?

समिक्षा अवधिमा नेपाल बैंक र एनआइसी एशिया बैंकको नाफामा उच्च गिरावट देखिएको छ । गत वर्षको बैशाखसम्मको तुलनामा नेपाल बैंकको नाफा ७६.०२ प्रतिशत घटेर ६९ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

यता, एनआइसी एशियाको नाफा पनि ५०.७५ प्रतिशत घटेर २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३६.७९ प्रतिशत, लक्ष्मी सनराइजको ३०.९७ प्रतिशत माछपुच्छ्रेको २९.२६ प्रतिशत, नेपाल एसबिआईको २९.०८, कुमारीको २१.०६, एनएमबिको १६.११, हिमलायनको १५.६२, सानिमाको ११.२३ र स्ट्याण्डर्ड चार्टर्डको ४.३१ प्रतिशत घटेको छ ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?