जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै ३ सय जनाबाट १५ करोड ठग्ने ४ जना पक्राउ

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै ३ सय जनाबाट १५ करोड ठग्ने ४ जना पक्राउ

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो ।

तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया,न्यूजिल्याण्ड,फ्रान्स लगायतका देशहरुमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनले पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षे नविन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताए । अमेरिका पठाउने भन्दै ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको उनले बताए ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरुल विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिए ।

उनले उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताए।

उनले पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताए ।

उनले प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढासँगै अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताए ।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?