जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेलबीच छूट सम्झौता

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेलबीच छूट सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको मूलपानीस्थित स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेलका सेवाहरुमा १० प्रतिशतसम्मको छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद रहित कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्गको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

यस बैंकले आफ्ना देशैभरी फैलिएका १९० शाखा, १५३ एटीएम र ९८ शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १७ लाख ५० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका