जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकासले कमायो सर्वाधिक नाफा: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्गा, ५ वटा अझै नोक्सानीमा

मुक्तिनाथ विकासले कमायो सर्वाधिक नाफा: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्गा, ५ वटा अझै नोक्सानीमा

१० महिनामा विकास बैंकहरुले सवा तीन अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा १७ वटा विकास बैंकले ३ अर्ब १७ करोड ९६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका हुन् । तर, अझै पनि पाँच वटा विकास बैंक भने नोक्सानीमै देखिएका छन् । अन्य बैंकहरुमा नाफामै छन् । समिक्षा अवधिमा राष्ट्रिय स्तरका बैंकहरुको नाफा २० करोड माथि नै छ ।

सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले १० महिनामा ९९ करोड ४८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफाको आधारमा दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले पनि ७५ करोड ७४ लाख रुपैयाँ कमाएको छ । नाफामा गरिमा विकासलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पच्छ्याएको देखिन्छ । शाइन रेसुङ्गाले १० महिनामा ५८ करोड ३७ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ।

यस्तै, चौथो स्थानमा भने महालक्ष्मी विकास बैंक छ । बैंकले पनि ४६ करोड १७ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यता, कामना सेवा विकास बैंकले पनि ४० करोड ४२ लाख ७० हजार नाफा आर्जन गरेको छ । यस्तै, लुम्बिनी विकास बैंकले पनि ३४ करोड २२ लाख ४० हजार, सांग्रिला डेभलपमेन्टले २७ करोड ९० लाख ६० हजार र ज्योति विकास बैंकले २३ करोड ८ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरि मितेरी डेभलपमेन्ट बैंक ६ करोड ५५ लाख ४० हजार, कर्णाली डेभलपमेन्टले २ करोड ४४ लाख ४० हजार, ग्रीन डेभलपमेन्टले १ करोड ६७ लाख १० हजार र कर्पोरेट डेभलपमेन्टले १ करोड ३५ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
एक्सेल डेभलपमेन्टसहित यी हुन् घाटामा रहेका विकास बैंकहरु

समिक्षा अवधिमा एक्सेल डेभलपमेन्टसहित पाँच वटा बैंक घाटामा छन् । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नोक्सानी एक्सेल डेभलपमेन्टले नै छ । समिक्षा अवधिमा बैंक २७ करोड १ लाख बढी नोक्सानी व्यहोरेको छ ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड २६ लाख ४० हजार, सिन्धु विकास बैंक ३ करोड २५ लाख, नारायणी ६५ लाख ६० हजार र साल्पा १ लाख बढी नोक्सानी देखिएका छन् ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?