जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१

आईएमई २४औं वर्षमा प्रवेश

नेपाली रेमिट्यान्सको पर्यायवाची बन्न पुगेको आईएमई लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ । २३औं वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आईएमई ग्रुपका  सह-संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत देशको अर्थतन्त्र विकासमा कम्पनीले महत्त्वपूर्ण योगदान गरिरहेको बताए । उनले आईएमई कम्पनी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनिसकेको समेत बताए ।

रेमिट्यान्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही  नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देश मार्फत स्थापनादेखि नै ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए । उत्कृष्ट र विस्तारित सेवामार्फत ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा कम्पनी समर्पित रहने प्रतिबद्धता उनको सन्देशमा छ ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आईएमई सेवा प्रदान गरिरहेको बताए ।

‘डिजिटल रुपान्तरणलाई अंगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको वार्षिकोत्सवमा अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपबिजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो  ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?