जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ 

झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ 

पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा पठाईदिने भन्दै एक हजार भन्दा बढी व्यक्तिलाई ठगी गर्ने कन्सलटेन्सी संचालक पक्राउ परेका छन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार ६ जनालाई विभिन्न स्थानबाट पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको विरेन्दनगर–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २७ वर्षका रेशम रावल, सोहि ठाउँका २४ वर्षका प्रेमबहादर रावल, काभ्रेपलाञ्चोक तिमाल–९ स्थायी घर भई धुम्बाराही बस्ने ३० वर्षका सुरेन्द्र तामाङ रहेका छन् ।

यस्तै मोरङको शनिश्चरे–१० स्थायी घर भई अहिले नरेफाट बस्दै आएका ३५ वर्षका सन्तविर घिमिरे, डडेल्धुराको अमगरगडी–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २६ वर्षका राजेश साउँद र अछामको रामारोशन–१ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २५ वर्षका टंकराज खनाल रहेका छन् ।

उनीहरु विरुद्ध कार्यालयमा २५ जनाको जाहेरी दरखास्त आएको र जाहेरी दरखास्त आउने क्रम अझै जारी रहेको कार्यालयका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिए । उनका अनुसार बरामद भएको रसिदको ठेली समेतका कागजात हेर्दा पीडितको संख्या एक हजार भन्दा बढी रहेको र ठगी रकम दुई करोड ५० लाख भन्दा बढी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाइएको छ ।

उनीहरुले कोटेश्वर तथा तिनकुनेमा चार वटा विभिन्न कन्सलटेन्सी सञ्चालन गरेर वैदेशिक रोजगारीमा पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै कागजात र रकम गैरकानूनी रुपले संकलन गर्दै आएका थिए ।

प्रहरीका अनुसार कोटेश्वर तथा तिनकुनेमा यूनिक कन्सल्ट एण्ड कन्सलटेन्सी प्राली, वल्र्ड वाइड कन्सल्ट एण्ड कन्सलटेन्सी कम्पनी, ग्लेबल ह्यूमन रिसेर्स म्यानेजमेन्ट कम्पनी रियान्स एजुकेसन कन्सलटेन्सी प्राली, रावल ट्राभल एण्ड टुरस प्राली समेत सञ्चालन गरिरहेका थिए ।

प्रहरीले पक्राउसँगै ति कन्सलटेन्सीबाट २२९ जनाको राहदानी सहितका कागजात फेला पारेर ६ जनालाई नै नियन्त्रण लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंकमा पेश गरिसकेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले फेसबुक वाट्सएप टिकटक लगायतका सामाजिक संजालमा विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भन्दै सार्वजनिक रुपमा झुट्टा विज्ञापन बुस्ट गरेर प्रचार प्रसार गर्ने गरेका थिए । साथै सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजात लिएर डकुमेन्टेशन, नोटरी गर्न भन्दै धेरैसँग ३५ हजार लिएको र १७ हजार ५०० मात्र रसिद काटी पठाउने गरेको भेटिएको छ ।

यस्तै तिनेकुनेमा घरको फ्ल्याट भाडामा लिइएर साइन बोर्ड समेत केहि पनि नराखेर मुख्य कार्यालयको रुपमा सञ्चालन गरी त्यसको १०० मिटरको आसपासमा फरक–फरक घरमा विभिन्न कम्पनी खोलेर ति कम्पनीमा सामाजिक संजाल तथा प्रत्यक्ष रुपमा सम्पर्कमा आउने मानिसबाट डकुमेन्ट दैनिक रुपमा सेन्टर कलेक्सन गरी त्यहिँबाट सम्पूर्ण फेक डकुमेन्ट तयार गर्ने लगायतका कार्य गर्दै आएका थिए ।

विदेश पठाउने काम नभएपछि सक्कल कागजपत्र माग्न जाँदा पीडितलाई एक लाख ५० हजार देखि २ लाख रुपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता पाउनुहुन्छ भन्दै फर्काउने गरेका थिए ।

विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्रयोग गरेर आफैंले झुट्ठा कार्यानुभव तथा नो अब्जेक्सन लेटर आदि कागजात बनाइदिने गरेको, त्यसरी प्राप्त हुन आउने रकम प्रेमबहादुर रावलको कृषि विकाश बैंकको खातामा समेत जम्मा गर्ने गरेको पाइएको छ ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका