जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • असारका लागि वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर

असारका लागि वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरुले औसत् ०.१० प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ जेठमा ७.०६ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत् ब्याजदर ०.१० प्रतिशतले घटेर असारका लागि ६.९६ प्रतिशतमा झारिएको हो।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये १२ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। हिमालयन र माछापुच्छे बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन्।

५ वटा वाणिज्य बैंकले भने असारमा ब्याजदर स्थिर राखेका छन्। असारका लागि प्रभु, कृषि विकास, नेपाल, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर यथावत राखेका हुन्।

चालु आर्थिक वर्षमा निक्षेपको वृद्धि अनुसार कर्जा लगानीमा सुधार हुन सकेको छैन। जसकारण पछिल्लो केही महिनादेखि बैंकहरुले लागत कम गर्न ब्याजदर घटाउँदै आइरहेका छन्।

त्यसमाथि असारमा वित्तीय विवरण राम्रो बनाउन बैंकहरु कर्जा लगानी ठप्प पारी असुलीमा केन्द्रित हुने हुँदा पनि निक्षेपको ब्याजदर घटाएका हुन्।

पछिल्लो ५ महिनामा कुन बैंकको कति ब्याज दर ?

बैंक२०८१ असार२०८१ जेठ२०८१ वैशाख२०८० चैत२०८० फागुन
प्राइम कमर्सियल६.७५७.१७.३५७.४
माछापुच्छ्रे७.७५७.२५७.३५७.७५
नेपाल एसबिआइ६.३६.३९५.५३७.०१८.१
कुमारी६.७६७.२६७.३५७.५१८.०१
कृषि विकास५.६६५.६६५.५५५.५५५.४४
प्रभु७.५०७.५०७.५७.५
सानिमा६.८०६.९०७.१७.३५७.५१
एनएमबि७.६९७.८०७.९७८.५
लक्ष्मी सनराइज७.५
एनआइसी एसिया७.६९७.८०७.७५८.५४
राष्ट्रिय वाणिज्य७.२२७.४०५.५५७.३५
नबिल७.७५७.३५७.३५७.७५
ग्लोबल आइएमई६.५०७.५०७.५७.५
स्ट्यान्डर्ड चार्टर्ड७.३५
नेपाल६.७५६.७५५.७५७.३५
एभरेष्ट५.७५६.५०५.५
नेपाल इन्भेष्टमेन्ट मेगा
सिटिजन्स६.९०७.५७.७५८.३५
सिद्धार्थ७.३५७.५
हिमालयन८.२५७.५०७.५७.५८.१५
औसत६.९६७.०६७.१४७.३५८.१५

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका