जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • समृद्धि फाइनान्सको ब्याजदर सार्वजनिक

समृद्धि फाइनान्सको ब्याजदर सार्वजनिक

समृद्धि फाइनान्स कम्पनीले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

कम्पनीले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ प्रतिशत, रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै कम्पनीले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिनादेखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९ महिनादेखि एक वर्षे अवधिका लागि ७.७५ प्रतिशत,एक वर्षदेखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्षदेखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै कम्पनीले संस्थागततर्फ ६ महिनादेखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिनादेखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्षदेखि २ वर्ष अवधिका लागि ७ प्रतिशत र २ वर्षदेखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका