जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री सुरु, कति पर्छ मूल्य ?

मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री सुरु, कति पर्छ मूल्य ?

नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गाहर्स्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरियन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ ।

यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० एनआईओएसका साथै अल न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीको भनाइ छ ।

हेर्नुहोस् मूल्य तालिका :

क्र.सं.मोडलक्षमताफ्युअलएमआरपी
भेन्यु एफएल १.२ एस११९९सीसीपेट्रोल४४,९६,०००
भेन्यु एफएल १.२ एसएक्स११९७सीसीपेट्रोल५३,५६,०००

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका