जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ४५ औं सार्क फाइनान्स बैठकः मौद्रिक र वित्त नीतिबीच समन्वय हुनुपर्नेमा जोड

४५ औं सार्क फाइनान्स बैठकः मौद्रिक र वित्त नीतिबीच समन्वय हुनुपर्नेमा जोड

गभर्नर महाप्रसाद अधिकारी जेठ ३१ र ३२ गते श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित 45 th SAARCFINANCE Governors’ Meeting and Symposium मा सहभागी भएका छन् । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रमको पहिलो दिन SAARCFINANCE Governors’ Symposium अन्तर्गत “Central Banking amid Multi-faceted Global Economic Challenges”विषयमा केन्द्रित सेमिनार अयोजना भयो । श्रीलङ्काका राष्ट्रपति एवम् अर्थमन्त्री रनिल विक्रमासिङ्घेले सेमिनारमा उद्घाटन मन्तव्य राखेका थिए ।

सो अवसरमा उनले विगत केही वर्षदेखि सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र हाल सुधारोन्मुख रहेको जनाउँदै समष्टिगत आर्थिक स्थायित्वका लागि विभिन्न नीतिगत व्यवस्थाका साथै मौद्रिक तथा सरकारी वित्तसँग सम्बन्धित कानुनी सुधारमा आफूहरु केन्द्रित रहेको बताए । साथै, उनले समसामयिक आर्थिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए । सोही दिन सहभागीहरूबीच सार्क क्षेत्रको अर्थतन्त्रको अवस्था तथा चुनौती, मौद्रिक नीतिका विभिन्न आयाम र अन्य समसामयिक आर्थिक विषयमा प्यानल छलफल भएको थियो ।

यसअन्तर्गत पहिलो सत्रमा आयोजित “Challenges and Opportunities of Evolving Global Economic Dynamics to SAARC Countries: Sharing Experience” विषयक प्यानल छलफलमा गभर्नर अधिकारी प्यानलिस्टको भूमिकामा सहभागी भए । सो अवसरमा उनले विश्व अर्थतन्त्रको गतिशीलता र परिवर्तनबाट सार्क क्षेत्रमा देखिएको अवसर तथा चुनौतीका बारेमा आफ्नो धारणा राखे ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका