जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई शुक्रा हाउस डायग्नोस्टिक सेन्टरमा २५% सम्म छूट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई शुक्रा हाउस डायग्नोस्टिक सेन्टरमा २५% सम्म छूट

प्रभु बैंकका ग्राहक र कर्मचारीले काठमाडौंको पानीपोखरीस्थित शुक्रा हाउस डायग्नोस्टिक एण्ड वेलनेस सेन्टरले दिने सेवामा छूट पाउने भएका छन्। यस सम्बन्धमा बैंकले सेन्टरसँग सम्झौता गरेको छ।

सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट बागमति प्रदेशका चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिंदा १० देखि २५ प्रतिशतसम्म छूट पाउनेछन्।

इन–हाउस रुटिन टेस्टमा २५, इन–हाउस स्पेसलाइजेसनमा २० तथा आउटसोर्स, एक्स–रे, यूएसजी, इसीजी र इकोमा १० प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका