जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • गहनामा जर्तीको विवाद : सुनचाँदी व्यवसायीका नेतामाथि गम्भीर आरोप

गहनामा जर्तीको विवाद : सुनचाँदी व्यवसायीका नेतामाथि गम्भीर आरोप

सुनको गहनाको खरिदबिक्री हुँदा ग्राहकसँग कुनै पनि जर्ती बापतको शुल्क नलिने राजधानी काठमाडौंको श्री रिद्धि सिद्धि ज्वेलर्सले निर्णय गरेपछि उत्पन्न विवादले उत्कर्ष रुप लिएको छ ।

जसका कारण सुनचाँदी व्यवसायीहरु बीच केहि सातायता आरोप प्रत्यारोप भइरहेको छ । एक व्यवसाइले अर्को व्यवसायीलाई मानमर्दन गर्ने प्रयास भइरहेका बेला सुनचाँदी व्यवासय सम्बद्ध नेताहरुमाथि यतिखेर गम्भीर आरोप लागेको छ।

आफु बिरुद्द बेतुकको आरोप लगाइएको भन्दै नेपाल रत्न तथा आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष तथा श्री ऋद्धि सिद्धिका संचालक नरेन्द्र कुमार गुप्ताले उनीहरुमाथि गम्भीर आरोप लगाएका हुन्। गुप्ताले आफूबिरुद्द बेतुकको बिज्ञप्ती जारी गरिएको भन्दै नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य स्वंय नै सुनचाँदी व्यवसायमा बेतिथी कायमै राख्न सक्रिय भएको आरोप लगाएका छन्।

जर्तीमा छूट दिने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल हस्तकला महासंघका प्रतिनिधिहरु यतिखेर गुप्ता बिरुद्द बिरोधमा छन् । जर्ती नलिने निर्णयबाट फिर्ता नहटे गम्भीर कारबाही गर्ने चेतावनी दिंदै उनीहरुले गुप्तालाई गम्भीर आरोपसमेत लगाएका छन् ।

उनले सुन व्यवसाय सम्बद्ध तीन वटा महासंघद्वारा जारी संयुक्त विज्ञप्तिलाई लक्षित गर्दै महासंघको लेटर प्याड दुरूपयोग गरेको भन्दै जर्ती हटाएर उपभोक्तालाई साथ दिने कदम बिरुद्द उनीहरुले मोर्चाबन्दी गर्न खोजेको भनेका छन्।

अधिकतम जर्ती लिन पाउनु पर्छ भनेर विज्ञप्ति निकाल्नु नै उपभोक्ता विरोधी गैरकानूनी कदम भएको भन्दै गुप्ताले उपभोक्ता संरक्षण ऐन अनुसार ती तीन वटै महासंघका प्रतिनिधिलाई कारबाही गर्न समेत माग गरेका छन्।

उपभोक्ताको हित हुने गरी श्री ऋद्धि सिद्धि ज्वेलर्सले चालेको जर्ती नलिने कदम बिरुद्द तीन वटा महासंघले जारी गरेको प्रेस विज्ञप्तिको सम्पूर्ण उपभोक्ताले बिरोध गर्नुपर्ने बेला आएको उनको भनाइ छ । प्रतितोला १४ हजार रुपैयाँ जर्ती लिनलाई निर्देशन दिने अधिकार कहाँबाट प्राप्त भयो भन्ने प्रश्न गर्दै गुप्ताले विज्ञप्तीमा उल्लेख गरिएका आरोपलाई प्रमाणित गर्न पनि उनले महासंघका तीनवटै अध्यक्षलाई चुनौती दिएका छन्।

उनले महासंघका अध्यक्षहरुमाथि एकताको नाममा सुनको बेतिथीलाई निरन्तरता र कोटा प्रणालीको नाममा सिन्डिकेट कायम गर्न खोजेको आरोप समेत लगाएका छन्। महासंघको नाममा कुनै अर्को व्यवसायीको मान मर्दन गरेको भन्दै आफूमाथि लगाइएको आरोपको छानबिन गर्न समेत उनले सरकारसमक्ष माग गरेका छन्।

जर्तीको नाममा एक तोला सुनमा १० लाल र एक किलो सुनमा १० तोला सुन गायब हुँदा उपभोक्ता मात्र नभई राज्य पनि लुटिएको बताउँदै यसको छानबिन गर्न र कोटा प्रणालीको नाममा नेपाल ल्याइएका सुनको पनि अनुसन्धान हुनुपर्ने उनको माग छ ।

कोटा प्रणालीको नाममा नेपालमा केहि वर्षदेखि सिन्डिकेट भइरहेकाले यसबारे वास्तविक छानबिन नभए सिन्डिकेटधारीहरुको नाम र उनीहरुको कर्तुतको पोल खोलिदिने चेतावनी पनि उनले दिएका छन् । उसो त गुप्ताले कोटाको सुनमा बेतिथि रहेको भन्दै विगतदेखि नै विरोध गर्दै आएका थिए । आफूले कोटाको आडमा सुनको तस्करी भयो भनेर आवाज उठाउँदा आफू विरुद्ध अनेकन किसिमका आरोप लगाउने काम भएको पनि उनले बताए ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका