जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता

युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु सक्नेछन् ।
सम्झौतापश्चात नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमारहेका नेपालीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने विश्वास सिटी एक्सप्रेसले लिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिट्यान्स भुतmानी सुचारु गरेको छ ।

अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका