जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने

कुमारी बैंक लिमिटेड र एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि(फिल्ली) काठमाण्डौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिल्ली बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न गर्नेछन् । यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई बलियो पार्न सहयोग गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

95
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका