जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • जर्ती खारेजको विषयले सुनचाँदी व्यवसायीको बैठकमा भाँडभैलो, अध्यक्षमाथि नै गम्भीर आरोप 

जर्ती खारेजको विषयले सुनचाँदी व्यवसायीको बैठकमा भाँडभैलो, अध्यक्षमाथि नै गम्भीर आरोप 

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघले पछिल्लो समय गहनामा जर्ती नलिने घोषणाले उत्पन्न विवाद मिलाउनलाई डाकेको बैठक बीना निष्कर्ष सकिएको छ। करिब करिब सहमतिमा पुगेको बैठक अन्तिम समयमा भाडिएको स्रोतले जनाएको छ।

स्रोतकाअनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष अर्जुन रसाइलीको अडानले करिब करिब सहमतिमा पुगेको छलफल भाडिएको हो। गहनामा जर्ती नलिने घोषणा कार्यन्वयन गर्न पाइने तर त्यसको लागि विज्ञापन नगर्ने कुरालाई लिखित रुपमै सहमती जनाउनुपर्ने रसाइलीको अडानले सहमति भाडिएको हो।

श्री ऋद्धि सिद्धिका संचालक नरेन्द्र कुमार गुप्ताले असार १५ गतेसम्मलाई यो विज्ञापन आइसकेकाले त्यसबाट पछाडी नहट्ने तर असार १५ पछि यसको विज्ञापन नगरी गहनामा जर्ती नलिनलाई सहमत हुँदा रसाइलीले यहि कुरा लिखितमा मागेपछि सहमति भाडिएको बैठकमा उपस्थित एक व्यवसायीले बिजपाटीलाई बताए।

“गुप्ताले असार १५ पछि पनि गहनामा जर्ती नलिने निर्णयलाई निरन्तरता दिन पाउने तर यो कुराको बिज्ञापन नगर्ने भन्ने कुरामा सहमति जुटेको थियो, तर रसाइली सरले लिखित सम्झौता हुनुपर्ने माग राखेपछि सहमति भाडिएको हो” ती व्यवसायीले भने।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आगामी अधिवेशनलाई केन्द्रित भएर रसाइलीबाट यो माग आएको हुन सक्ने केहि व्यवसायीले आशंका गरेका छन। गुप्तासँग सहमती जुट्दा आगामी अधिवेशनमा आफ्नो मत कम्जोर हुने सोचले रसाइलीले सहमति भाँडेको आशंका गरिएको हो।

आगामी अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी तृतीय उपाध्यक्ष विपिन रामुदामुमाथि गहनामा जर्ती नलिने घोषणा गरेका नरेन्द्र गुप्तासँग मिलेको आरोप छ। यहि आरोपलाई बजाएर रसाइलीले रामुदामुलाई कम्जोर बनाउन खोजेकाले सहमतिको नजिकै पुगेको बैठक समेत बिना निष्कर्ष सकिएको बैठकमा सहभागी ति व्यवसायीले आशंका गरे।

गहनामा जर्ती नलिने घोषणामा उपभोक्ताले साथ दिएपनि बहुसंख्यक सुनचांदी व्यवसायीले गुप्तालाई साथ दिएका छैनन। गुप्तामाथि विपिन रामुदामुसँग मिलेर गहनामा जर्ती नलिने घोषणा गर्ने हिम्मत मिलेको आरोप छ। यहि कुरालाई बढी उचाल्दा नेपाल सुनचाँदी व्यवसायी महासंघको आमागी अधिवेशनमा विपिन रामुदामुमाथि रसाइली हाबी भैईरहेको व्यवसायीहरुको भनाई छ।

यद्दपि गुप्ताले कसैसंग मिलेर वा कसैको साथ लिएर आफुले गहनामा जर्ती नलिने घोषणा नगरेको स्पष्ट पारेका छन्।

“यो घोषणालाई कसले कता के बिषयमा प्रयोग गरेर आफ्नो फाइदा उठाउँछ, त्यसको ठेक्का मेरो होइन, तर गहनामा जर्ती नलिने घोषणा मेरो नितान्त एक्लो हो। यो क्रान्तिकारी घोषणालाई उपभोक्ताले साथ दिइरहेकाले मेरो अभियान सफल हुन्छ’ गुप्ताले भने।

नेपाल रत्न तथा आभूषण महासंघले गहनामा जर्ती नलिने बिषयले उत्पन्न विवाद मिलाउन आज नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ सहितको बैठक डाकेको थियो। बैठकमा तीनवटै महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीको उपस्तिथी रहेको थियो

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?