जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकले विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट पाउने

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था बैंकले मिलाएको हो ।
सम्झौतापश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकका ग्राहकहरुले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था(कोडिङग्ल) को अधिकृत साझेदार मेन्टरल्याबडेस्कले प्रवाह गर्ने सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् । र मेन्टरल्याबडेस्कले बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ ।

यसैगरी, विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थितएनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेबिट कार्ड,क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका