जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • वित्तीय संस्थाको आन्तरिक सम्पत्ति ८८ खर्ब बढी

वित्तीय संस्थाको आन्तरिक सम्पत्ति ८८ खर्ब बढी

वित्तीय कारोबार गर्ने संस्थाहरु(सहकारी बाहेक)को आन्तरिक सम्पत्ति ८८ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय क्षेत्र सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पुस मसान्तसम्मको अवधिका करिब एक खर्बले बढेको देखिएको हो ।

केन्द्रीय बैंककोमा वित्तीय क्षेत्र सर्वेक्षण अनुसार गत आर्थिक वर्षको असारसम्ममा आन्तरिक सम्पत्ति ८७ खर्ब ३९ करोड रुपैयाँ बराबरको थियो । चालु आर्थिक वर्षको पुसम्ममा आइपुग्दा उक्त सम्पत्ति बढेर ८८ खर्ब ३० अर्ब ७५ लाख पुगेको सर्वेक्षणले देखाएको छ ।

वित्तीय क्षेत्रको आन्तरिक सम्पत्तिलाई पनि वित्तीय क्षेत्र र गैर वित्तीय क्षेत्र गरेर छुट्याइएको छ । विसं २०८० असार मसान्तमा वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब ४० अर्ब ६८ करोड रहेकोमा २०८० पुस मसान्तमा १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी अन्य वित्तीय संस्था (सम्झौतित बचत परिचालन गर्ने वित्तीय संस्था बीमा कम्पनीहरु, कर्मचारी संचयकोष, नागरिक लगानीकोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लघुवित्त वित्तीय संस्था जस्ता गैर–बैंकिङ वित्तीय संस्थाक) को आन्तरिक दाबी २०८० असार मसान्तमा १८ खर्ब ९९ अर्ब १३ करोड रहेकोमा २०८० पुस मसान्तमा ०.६ प्रतिशतले घट्न गई १८ खर्ब ८६ अर्ब ८५ मा झरेको छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?