जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार (असार ११ गते) इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका