जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • एसईईको नतिजा भोलि सार्वजनिक गरिने

एसईईको नतिजा भोलि सार्वजनिक गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि(असार १३ गते) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर प्राविधिक तयारी अपुग भएपछि भोलि मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको हो । आज बसेको बोर्ड बैठकले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको छ ।

एसईईको परीक्षा गत चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।

एसईई परीक्षामा २ हजार ६४ परीक्षा केन्द्रबाट १० हजार ८०६ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?