जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • गहनामा जर्ती छूटको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी 

गहनामा जर्ती छूटको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी 

सुनचाँदी व्यवसायीहरु गहनामा जर्ती छूटको विरोध गर्दै बुधबार काठमाडौंमा आन्दोलनमा उत्रिएका छन्। 

जर्ती छूट दिंदा व्यवसायनै धरापमा पर्ने भन्दै काठमाडौंको न्यूरोड क्षेत्रका सुनचाँदी व्यवसायीहरु पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन  गरेका थिए ।

न्यूरोड क्षेत्रकाअधिकांश सुन पसलहरु बन्द भए पनि रिद्धिसिद्धि ज्वेलर्स भने खुला थियो । विरोध प्रदर्शनका क्रममा सहभागीहरुले सुनको आयातमा लगाइएको भन्सार महसुल वृद्धिको पनि विरोध गरेका थिए ।प्रदर्शनकारीहरुले तस्करलाई प्रोत्साहन गर्ने भन्सार वृद्धि नीति खारेज गर्न पनि माग गरेका छन् ।

केहिदिन अघि न्यूरोडस्थित श्री ऋद्धिसिद्धि ज्वेलर्सले गहनामा जर्ती नलिएर ७ प्रतिशत मात्रै ज्याला लिने विज्ञापन गरेको छ। उक्त कम्पनीले अन्तरराष्ट्रिय अभ्यासअनुसार सुनको व्यवसायलाई उपभोक्ता, राज्य तथा व्यवसायमैत्री बनाउने भन्दै जर्ती हटाएर तोलामा ७ प्रतिशत मात्रै ज्याला लिने विज्ञापन गरिरहेको छ। 

त्यस्तै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरुले नेपाल सरकारले आगामी बजेटमार्फत सुन आयातमा बढाएको ५ प्रतिशत भन्सार कर फिर्ता गर्नुपर्ने अन्य मागसमेत राखेका छन्। 

सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउ अभियानको संयोजकत्वमा आजको आन्दोलन गरिएको हो। आन्दोलनमा सुनचाँदी व्यवसायी सम्बद्द दशवटा संघ संस्थाहरुको आबद्दता रहने भनिए पनि मंगलबार बेलुका नेपाल रत्न तथा आभुषण महासंघ, नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले आफुहरुको यो आन्दोलनमा समर्थन नरहेको घोषणा गरेका थिए ।

पहिला पनि कालिगढको हितमा काम गरिरहेको र भोलिका दिनमा पनि कालिगढको हितमा काम गर्ने संस्थामा अग्रपंक्तिमा रहने प्रतिबद्दता जनाएको भन्दै यी संघहरुले ऋद्धिसिद्धि ज्वेलर्स बिरुद्धको आन्दोलनमा आफुहरुको साथ नरहेको घोषणा गरेका छन् ।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?