जोडिनुहोस
सोमवार, असार १७, २०८१
सोमवार, असार १७, २०८१
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखाले घातक रोग बीमा दाबी वापत कम्पनीका एजेन्सी म्यानेजर धर्मराज खनाललाई ५ लाख रुपैयाँ घातक रोग दाबी वापत हस्तान्तरण गरेको हो । सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना र क्षेत्रिय शाखा प्रबन्धक तुल्सी देबकोटाले सयुक्त रुपमा चेक हस्तारण गरेका हुन् ।

एजेन्सी म्यानेजर धर्मराजले आफ्नी छोरी कामना खनालको २०८० साल श्रावण ३२ गते १५ वर्षे पाँच लाख बीमाङ्ग रकमको आइएमई बाल उज्ज्वल साबधिक जीवन बीमा गरेको थिए । उनले पहिलो किस्ता ३१ हजार ९७२ रुपैयाँ बुझाए थिए । उनलाई अहिले दाया खुट्टाको घुडा मुनी क्यान्सर देखिएको छ । बीमा गर्दा बुबा प्रस्ताबक वा संरक्षक बसेकाले यो सुविधा पाएका हुन् ।

बीमा रकम बुझेपछि एजेन्सी म्यानेजर धर्मराज खनालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिना झनझट छोटो समयमा घातक रोग बाफतको रकम भुक्तानी गरेकोमा धन्यवाद दिए ।

प्रदेश प्रमुख तिमिल्सनाले बीमा बचत र लगानी हो भन्दै थोरै लगानीमा धेरै ठुलो सुरक्षा लिन सकिने बताएका थिए । यस कम्पनीमा अन्य बीमा कम्पनीको भन्दा थुप्रै फरक पूरक करार सुबिधाहरु भएको बीमा पोलिसी रहेको जानकारी गराए ।

75
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका