जोडिनुहोस
बिहिबार, असार २०, २०८१
बिहिबार, असार २०, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन एभरेष्टको सीईओ बर्खास्त प्रकरण, बीमा प्राधिकरण भन्छ : हामी छलफलमै छौं 

हिमालयन एभरेष्टको सीईओ बर्खास्त प्रकरण, बीमा प्राधिकरण भन्छ : हामी छलफलमै छौं 

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट बर्खास्तीमा परेपछि तत्कालिन प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय बहादूर शाहले नेपाल बीमा प्राधिकरणमा न्यायका लागि उजुरी दिएका छन् ।

उनले आफुलाई सफाई पेश गर्ने मौका समेत नदिइकन पदमूक्त गरेको भन्दै गत शुक्रबार प्राधिकरणमा उजुरी दिएका हुन् । निवर्तमान सीईओ शाहले बिजपाटीसँगको कुराकानीमा आफुलाई पदबाट हटाउने प्रक्रियानै त्रुटिपूर्ण रहेको भन्दै पुनर्बहालीको मागसहित प्राधिकरणमा उजुरी दिएको बताएका छन् ।

शाहले आफूलाई बर्खास्ती गरिएको बारे शुक्रबार नै बीमा प्राधिकरणमा लिखित उजुरी दिएको भएतापनि सोमबारसम्म पनि प्राधिकरणले त्यसतर्फ कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन । र, उनको उजुरीबारे प्राधिकरणले अहिल्यै नै के गर्ने भन्ने बारेमा पनि कुनै निर्णय गरेको छैन ।

यसबारेमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले त्यस उजुरीका सम्बन्धमा छलफल भइरहेको र के हुन्छ भन्ने बारे अहिल्यै केहि भन्न नसकिने बताएका छन् । यसबारे उनले भने, ‘हामी अध्ययन गर्दैछौं । के गर्ने भन्नेबारे अहिले निर्णय भइसकेको छैन । पछि स्पष्ट भएपछि भनौला ।’

यता निवर्तमान सीईओ शाहले भने प्राधिकरणसँग आफ्नो उजुरीबारे जानकारी लिइरहेको बताएका छन् । आफू अन्यायमा परेको उजुरी उपर समयमै बीमा प्राधिकरणले चित्तबुझ्दो निर्णय नगरे बिकल्पमा अदालत जाने ढोका भने खुलै रहेको उनको भनाइ छ । उनले भने, ‘हामीले पहिला गुहार्ने ठाँउ भनेको प्राधिकरण नै हो । त्यहाँ नभए अन्यत्र जान विकल्प त छँदैछ ।’

गत बिहीबारमात्रै कम्पनीको सञ्चालक समितिको बैठकले शाहलाई सीईओ पदबाट बर्खास्त गरेको थियो । आफूलाई अकारण पदबाट हटाइएको भन्दै उनले आफूलाई हटाउनु अघि सफाई पेश गर्ने मानसिब मौका समेत नदिएको गुनासो गरेका छन् । बीमा ऐनको दफा ५७ को उपदफा ३ को २ मा सञ्चालक समितिले सीईओको कार्यसम्पादनमा चित्त नबुझे जुनसुकै बेला पनि हटाउन पाउने व्यवस्था त गरेको छ तर त्यसरी हटाउनु अघि सीईओलाई सफाई पेश गर्ने मौका भने दिनुपर्ने छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका