जोडिनुहोस
बिहिबार, असार २०, २०८१
बिहिबार, असार २०, २०८१

हालको खबर

  • होमपेज
  • धर्मरायो सत्ता गठबन्धन, धरापमा प्रचण्ड

धर्मरायो सत्ता गठबन्धन, धरापमा प्रचण्ड

फेरि सत्ता गठबन्धन टुट्ने र टुटाउने खेल सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नियमित भेटघाटले वर्तमान सत्ता गठबन्धन नै टुट्ने आँकलन गरिएको छ ।

सभापति देउवाले नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेसँग वर्तमान सत्ता गठबन्धन फुट्ने होकि भन्ने आँकलन सुरु भएको हो । देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो । सो वार्तामा देउवाले ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको बुझिएको छ ।

भेटवार्तामा सभापति देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक रहेको स्रोतको दाबी छ । यसले सत्ता गठबन्धनभित्र ठूलो तरंग सिर्जना भएको छ ।

यो भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शशंकित मात्रै बनेका छैनन् उनी ठूलो धरापमा पनि परेका छन् । ओलीले अहिले एमालेका मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । यसले थप शंसय सिर्जना गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड भने वर्तमान सत्ता गठबन्धन नटुट्नेमा विश्वस्त छन् । उनले सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकमा वर्तमान सत्ता गठबन्धन नटुट्ने जानकारी गराएका छन् ।

सरकारकी प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धन नटुट्ने विषयमा प्रधानमन्त्रीले धारणा राखेको जानकारी दिइन् । प्रधानमन्त्रीले गठबन्धनमा असमझदारी भएको हल्लामा सत्यता नभएको बैठकमा धारणा राखेको उनको भनाइ छ ।

‘हिजो र आज प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता भएको छ, बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन्यो, गठबन्धन लामै समय जाने जानकारी प्रधानमन्त्रीले गराउनु भएको छ’ शर्माले पत्रकारहरुसँग भनिन् ।

अध्यक्ष ओलीले पनि यो वर्ष आफू प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेको धारणा राखेका छन् । सोमबार पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘ यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन ।’

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा सोमबार अपराह्न कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेका थिए । काँग्रेसको यो बैठक र ओलीले मन्त्रीहरुलाई बालकोट बोलाउनुलाई धेरैले वर्तमान सरकार ढलेर नयाँ सरकार बन्ने होकि भन्ने अनुमान पनि गरेका छन् ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका