जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • फोन गर्न भन्दै मोबाइल लिएर फरार, वालेट र बैंक खाताबाट रक्सीदेखि नाइट क्लबसम्म खर्च

फोन गर्न भन्दै मोबाइल लिएर फरार, वालेट र बैंक खाताबाट रक्सीदेखि नाइट क्लबसम्म खर्च

पछिल्लो समय ठगी तथा चोरी गर्ने समूहले विभिन्न शैली अपनाएर आपराधिक धन्दा गरिरहेका छन्। यसै क्रममा एक समूहले काठमाडौंका ट्याक्सी स्टपमा गएर ट्याक्सी चालकहरूलाई ठग्ने गर्ने गरेको पाइएको छ।

ट्याक्सी चालकमाथि ठगीको घट्ना बढेको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेसन चलाएको थियो। अनुसन्धानका क्रममा चारजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली फिक्कल नगरपालिका घर भएका १९ वर्षीय नवराज सुनुवार, बाजुरा गढीमालीका नगरपालिका घर भएका १९ वर्षीय सुसन थापा, उदयपुर गाईघाट घर भएका १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बु नाम्चे बजार घर भएका दोर्जी तामाङ रहेका छन्।

यसरी चोरी र ठगी गर्थे

अनुसन्धानका क्रममा काठमाण्डौं उपत्यकाको विभिन्न चोकमा रहेका ट्याक्सी स्टेसनमा २/४ जनाको समूहमा जाने गरेको देखिएको छ। त्यसपछि उनीहरूले पार्किङ गरि राखेका ट्याक्सी चालकसँग मेरो विदेशी पाहुनाको लगेज ठमेल लग्नुपर्ने भन्दै कुराकानी गर्छन्। ट्याक्सीमा ग्राहक आउने भएपछि चालक पनि मुख्य परेर उनीहरूसँग नजिकिन्छन्।

त्यसपछि उनीहरूले यात्रु विदेशी पाहुनालाई फोन गर्नुपर्ने छ,अङ्ग्रेजीमा कुरा गर्नुपर्छ मेरो मोबाइल स्विच अफ भयो भन्दै ठगीको जाल फ्याल्छन्। त्यसपछि चालकले अङ्ग्रेजी बोल्न नपाउने वा आफैं फोन दिएर कुरा गर्न भन्छन्। उनीहरूले खोजिरहेको मौका पाउँछन्। त्यसपछि ट्याक्सी चालकको मोबाइल लिएर सो समूहका मानिस फरार हुने गर्छन्।

यसरी फरार भएपछि मोबाइलमा विभिन्नै वालेट आइडी, बैंकिङ एपहरूमा पहुँच पुर्‍याएर उनीहरुले रकम झिक्ने गरेको खुलेको छ। उनीहरूले यसरी वालेटबाट रकम आफ्नो एकाउन्टमा पठाउँदा थाहा हुने भएकाले उपत्यकाको विभिन्न स्थानमा रहेका कपडा पसल, रक्सी पसल र नाइट क्लबमा गएर रकम खर्च गर्ने गरेको देखिएको छ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका