जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू : राष्ट्र बैंक

दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले दुई लाख रुपैयाँ भन्दा कम रकमकोे चेक क्लियरिङ कारोबारमा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले वित्तीय सूचना मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने जनाएको हो । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केही सेवाहरू अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ । उदाहरणका लागि कर्जा सूचना, कालोसूचीसम्बन्धी सेवा, धितो मूल्याङ्कन, बीमा, इलेक्ट्रोनिक चेक क्लियरिङ आदि ।

राष्ट्र बैंकका अनुसार सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा सो सेवाबापत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुनेगरी आफ्ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाइने व्यवस्था छ ।

तर, २ लाख रूपैयाँभन्दा कम रकमको चेक क्लियरिङ कारोबारमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै किसिमको शुल्क लिन पाउँदैनन् ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सेवाका शुल्कबारे जानकार भई वित्तीय कारोबार गर्न अनुरोध गरेको छ ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका