जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • सत्ता परिवर्तनले बजारमा नाटकीय सुधार,४७.०४ अंकले बढ्यो नेप्से

सत्ता परिवर्तनले बजारमा नाटकीय सुधार,४७.०४ अंकले बढ्यो नेप्से

सत्ता राजनीतिमा आएको परिवर्तनले मंगलबार शेयर बजारमा नाटकीय सुधार आएको छ । साताको तेस्रो कारोबार दिन नेप्से सूचक ४७.०४ अंकले बढेर  २ हजार १००.४३ विन्दुमा आइपुगेको छ ।

 अघिल्लो दिन सोमबार राजनीतिक उथलपुथल हुने संकेत पाएपछि बजार बन्द हुने समयमा दोहोरो अंकले बढेको थियो ।

रातभरमा राजनीतिक कोर्स परिवर्तन भएपछि शेयर बजारमा पनि नाटकीय सुधार देखिएको हो । यस अघिका कारोबारहरुमा पनि खासै लगानीकर्ताको उत्साह नदिएको बजारमा मंगलबार भने अर्थमन्त्रीमा नेकपा(एमाले) का विष्णु पौडेलको चर्चा चलेसँगै बजारमा लगानीकर्ताहरु उत्साहीत भएका हुन् ।

   बजार खुलेको एक मिनेटमै बजार ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो भने दोस्रोपटक फेरि ५ प्रतिशतले बढेपछि बजार १० मिनेटको  लागि बन्द भएको थियो । तेस्रोपटक खुल्दा बजार केहि सम्हालिएर अघि बढेको थियो ।

  यो दिन लगानीकर्ताहरुको सबैजसो कम्पनीहरुमा आकर्षण बढेको छ । यो दिन विशेषगरी वाणिज्य बैंक, फाइनान्स, जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

यो दिन सर्वाधिक बढ्ने कम्पनीमा हिमालयन डिस्टिलरी, समाज लघुवित्त वित्तीय संस्था, गूडविल फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा लगानीकर्ता झुम्मिएका छन् । ती कम्पनीहरुको शेयरमूल्य ५.३६ प्रतिशतदेखि ८.५४ प्रतिशतले बढेको छ । धितोपत्र र ऋणपत्रसमेत गरेर कारोबारमा आएका ३१५ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर किनेबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

 सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंक,गूडविल फाइनान्स,युनाइटेड इदीमार्दी आरबी हाइड्रो पावर, हिमालयन रिइन्स्योरेन्स  र हिमालयन डिस्टिलरीको १० करोड रुपैयाँदेखि १२ करोड ३३ लाख रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका