जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो । उनीहरूले सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ ।

सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ ।

तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए । प्रहरीले बारा, ललितपुर र भक्तपुरबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका