जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सद्वारा साढे ३२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्सद्वारा साढे ३२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापतको ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सुनवल नगरपालिका वडा नं. १२, (ब,सु,प) निवासी डिल कुमारी डुम्रेको केहि समय अगाडि दुर्घटना बाट निधन भएको थियो । डुम्रेले कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरि हालसम्म तेस्रो किस्ता बाफत ३ लाख ६१ हजार ३९५ रुपैयाँ भुक्तानि गरेका थिए । उनको निधन पश्चात कम्पनीले बिमाङ्क रकम १५ ला रुपयाँ दुर्घटना बापतको १५ लाख रुपैयाँ र हालसम्मको बोनस २ लाख ४० हजार गरि कुल ३२ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बर्दघाट शाखाका शाखा प्रमुख मोहन भट्टराईले डुम्रेको परिवारलाई चेक हस्तान्तरण गरेको हुन् ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका