नेपाल एसबीआई बैंकको बनेपा शाखाले बनेपामा रहेको शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि उत्पादनमा ५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता सम्पन्न भएसँगै बैकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलको सेवामा छुट पाउने छन् । उक्त सम्झौतामा बाग्मति प्रदेशका चिफ म्यानेजर र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलका सीईओ डा. हेक्टर जी गायरेसले हस्ताक्षर गरेका छन् ।