जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • बीमा कम्पनीका सञ्चालक र सिईओको योग्यता छानबिन गर्दै प्राधिकरण

बीमा कम्पनीका सञ्चालक र सिईओको योग्यता छानबिन गर्दै प्राधिकरण

नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत (सिईओ) र सञ्चालकको योग्यता माथि छानबिन गर्न सुरु गर्ने भएको छ । जसका लागि बीमा नियामकले प्रत्येक बीमकसँग सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विषयमा विस्तृत जानकारी मागेको छ।

बीमा ऐन २०७९ को प्रावधान अनुसार सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता र अयोग्यताको परीक्षण सूची समावेश गरिएको छ। सञ्चालकको योग्यता सम्बन्धमा दफा ४७, ४९ र ५० को प्रावधानबमोजिम योग्य अयोग्य रहेको परीक्षण सूची समावेश गरिएको छ। यसै गरी प्रमुख कार्यकारी अधिकृतको हकमा दफा ५७ बमोजिमको योग्यता अयोग्यता परीक्षण गर्न निर्देशन दिइएको छ।

सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबाट प्राप्त हुने उपयुक्तता परीक्षण फारममा उल्लेखित विवरणहरूको आधारमा सञ्चालक र प्रमुख कार्यकारी दुवैको उपयुक्तता भए नभएको यकिन गरेर अयोग्यता नरहेको प्रमाणीकरण गर्ने जिम्मेवारी कम्पनी सचिवलाई दिइएको छ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका