जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल

माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत र सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गरेको छ।

बिहीबार बसेको संचालक समितिको बैंठकले साउन १ गतेबाट लागू हुने गरी बढुवाको उक्त निर्णय गरेको हो।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रिजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्‍न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ। अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्‍न पदमा थिए।

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन्। जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्।

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन्। यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन्।

दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका