जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो

कृषि विकास बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जसअनुसार बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२९८५ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।

त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.२९८५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका