पछिल्लो समय विवादमा पर्दै आईरहेको सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको सदस्यबाट विवेक झा बारिएका छन् । संस्थापक सेयरधनी भि.जे इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिमा झाले प्रतिनिधित्व गरेका थिए । झाले दिएको राजिनामा संचालक समितिले समेत स्वीकृत गरेको छ ।
बीमा क्षेत्रका भेट्रान विवेक झाको नमिठो बहिर्गमन भएको छ । बीमा क्षेत्रको कुल ४५ प्रतिशतमध्ये ३५ प्रतिशत बजार हिस्साको नेपाल लाइफ हाँकेको अनुभव झासँग छ । झा बीमा क्षेत्रको चिरपरिचित व्यक्त हुन् । कुल बीमा क्षेत्रको ५ प्रतिशत ओगटेको सुर्यज्योतिबाट झा बाहिरीएको घटनाले अहिले बीमा क्षेत्रमा हंगामा मच्चिएको छ ।
यो घटनाबाटै सुर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिमा ठुलो खटपट रहेको बुझ्न सकिन्छ । यस अघि पनि सुर्यज्योति लाइफ कै संचालक जयन्त कुमार अग्रवाले समेत अकस्मात राजिनामा दिएसँगै बीमा बजार तताएको थियो । अग्रवाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालकको रुपमा कार्यरत थिए । यस घटना सँगै सुर्यज्योति लाइफका अन्य संचालक समेत सशंकित भएको अवस्था छ । यसले बीमा क्षेत्रमाम गरिमा मानिने संचालक जस्तो पदमा समेत उच्च जोखिममा पर्न थालेको पुष्टि हुन्छ ।