जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा

सरकारले झन्डै दुई दर्जन सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेको हो ।

अर्थसचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ । हाल उनी राजस्व सचिव हुन् । स्रोतका अनुसार अर्थसचिवमा रहेका मधुकमार मरासिनी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

यस्तै, राजश्व सचिवमा भने दिनेश कुमार घिमिरेको सरुवा भएको छ । हाल उनी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव छन् ।

तर, अन्य कुन मन्त्रालयका सचिवहरुको कहाँ सरुवा भयो भन्ने विस्तृत सूची आउन बाँकी छ।

‘सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २१ वटा सचिवहरुको सरुवा गरेको छ । यसको विस्तृत विवरण भने आउन बाँकी छ’, एक मन्त्रीले अर्थपथलाई बताए ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका