जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ट्रेडमार्क उल्लंघन गर्ने पतञ्जलि आयुर्वेदलाई ४ करोड भारु जरिवाना 

ट्रेडमार्क उल्लंघन गर्ने पतञ्जलि आयुर्वेदलाई ४ करोड भारु जरिवाना 

योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले निरन्तर ट्रेडमार्क उल्लंघन गरेको पुष्टि भएपछि ४ करोड रुपया भारु* जरिवाना तिर्नुपर्ने भएको छ ।

सन् २०२३ अगस्टमा दिएको आदेशको अवज्ञा गरेको भन्दै भारतको बम्बई उच्च अदालतले कम्पनीमाथि यो जरिवाना गरेको हो । अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन भनेको थियो ।

बीबीसी हिन्दीका अनुसार मंगलम अर्गानिक्सले गत वर्ष पतञ्जलिले कपूर उत्पादन गरेर आफ्नो स्वामित्वमा रहेको ट्रेडमार्क उल्लङ्घन गरिरहेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपूरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि उक्त कम्पनीले कपूर उत्पादन तथा बिक्री जारी राखेको थियो ।

गत जुलाई २ मा पतञ्जलिले अदालतमा माफी माग्दै अदालतको फैसला पालना गर्ने बताएको थियो । तर कम्पनीले माफी मागे पनि कपूर उत्पादनको बिक्री जारी राखेको भन्दै उच्च अदालतले पतञ्जलिलाई ४ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको बीबीसी हिन्दी को वेबसाइटमा समाचार छ ।

उता कम्पनीले आफ्ना उत्पादनको भ्रामक प्रचार गरी औषधिको आधुनिक प्रणालीविरुद्ध अभियान चलाएको भन्दै परेको अर्को मुद्दामा पनि तारिक खेपी रहेको छ।

भ्रमपूर्ण विज्ञापन गरिएको भन्दै कम्पनीबाट उत्पादन भइरहेका १४ वटा उत्पादनको बिक्री वितरण रोक्न अदालतले आदेश दिएको छ ।अदालतले भ्रामक विज्ञापन मुद्दामा योगगुरु रामदेव, उनका सहयोगी बालकृष्ण र पतञ्जली आयुर्वेद लिमिटेडलाई अवहेलना नोटिस जारी गरेको थियो ।बीबीसी हिन्दी

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका