जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • यी हुन् सबैभन्दा बढी कर तिर्ने बैंकहरु, कसले कति तिरे ?

यी हुन् सबैभन्दा बढी कर तिर्ने बैंकहरु, कसले कति तिरे ?

गत आर्थिक वर्ष २०८०/८१ मा धेरै कर तिर्ने १० कम्पनीहरुमध्ये आधा वाणिज्य बैंक रहेका छन् । पाँच बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ६७ लाख रुपैयाँ कर तिरेका हुन् ।

धेरै कर तिर्नेहरुको पाँचौं नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ भने छैटौं नम्बरमा नविल बैंक परेको छ । आठौं नम्बरमा ग्लोबल आइएमई बैंक पर्दा नवौं नम्बरमा एनएमबि बैंक लिमिटेड छ ।

धेरै कर तिर्ने कम्पनीहरुको दशौं नम्बरमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक लिमिटेड उक्लिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक बर्षमा ५ अर्ब ६८ करोड ९७ लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा यो बैंकले ४ अर्ब १९ करोड कर दाखिला गरेको थियो ।

यस्तै, छैटौं नम्बरमा पनि निजी क्षेत्रकै नविल बैंक परेको छ । नविल बैंकले गत आर्थिक वर्ष ५ अर्ब ५२ करोड ७० लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ४ अर्ब ९८ करोड कर दाखिला गरेको थियो ।

आठौं नम्बरको ग्लोबल आइएमई बैंकले ३ अर्ब ५९ करोड ९२ लाख कर दाखिला गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४३ करोड कर दाखिला गर्दै बैंकतर्फ पहिलो करदाता बनि सम्मानित समेत बनेको थियो ।

नवौं नम्बरको एनएमबि बैंकले ३ अर्ब २४ करोड ७७ लाख कर दाखिला गरेको छ । गत वर्ष उत्कृष्ट १० मा नअटेको यो बैंक गत आर्थिक बर्ष २०८०/८१ का लागि आठौं नम्बरमा परेको हो । दशौं नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ९४ करोड ३१ लाख आयकर तिरेको छ ।

सरकारले पुस महिनामा अग्रिम आयकरको ४० प्रतिशत, चैत र असारमा ३०/३० प्रतिशत गरी कर असुल गर्ने गर्छ । संस्थागत आयकरतर्फ सरकारले ३० प्रतिशतसम्म कर असुल गर्दै आएको छ । यस्तै भ्याटतर्फ १३ प्रतिशतका दरले कर असुल गर्दै आएको छ ।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका