जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढ्यो

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको हो ।  

बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

बैंकले खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले खुद ब्याज आम्दानी २२.०२ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च भने २७.७२ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवसम्म ३ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ४३ करोडले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै बैंकको रिजर्भको आकार २२.५५ प्रतिशतले बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको निक्षेप संकलन १३.८३ प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब र कर्जा प्रवाह पनि १.५४ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । चौथौ त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै वार्षिक लाभांश क्षमतादर पनि १०.०५ प्रतिशतले ऋणात्मक अवस्थामा छ ।  

अघिल्लो आवमा ४.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९५ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५० गुणा कायम भएको छ ।

330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?