जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २७ करोड नाफा, सेयरधनीलाई कति दिन सक्छ लाभांश ?

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २७ करोड नाफा, सेयरधनीलाई कति दिन सक्छ लाभांश ?

 मुक्तिनाथ विकास बैंकको नाफा ३ करोड बढेको छ। बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २४ करोड ८२ लाख २६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन पनि १.५० प्रतिशत बढेर १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४.७१ प्रतिशत लाभांश दिन सक्ने नाफा कमाएको हो । बैंकको वितरणयोग्य नाफा ३३ करोड १८ लाख ४४ हजार रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने ३ अर्ब ५० करोड २७ लाख रुपैयाँ राखेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १४९ रुपैयाँ ७१ पैसा छ । बैंकसँग हाल २.२६ प्रतिशत खराब कर्जा छ ।

गत वर्ष बैंकले कुल १ खर्ब ९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ९० करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका