जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको इपीएस ८ देखि ३५ रुपैयाँसम्म

वाणिज्य बैंकहरुको इपीएस ८ देखि ३५ रुपैयाँसम्म

अधिकांश बैंकहरुको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानीमा गिरावट आएको पाइएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये १५ वटाको प्रतिशेयर आम्दानी घटेको छ भने पाँच वटाको मात्र बढेको छ । समग्र रुपमा हेर्ने हो भने बैंकहरुको यस्तो आम्दानीमा गिरावट आएको देखिन्छ ।

सार्वजनिक विवरण अनुसार प्रतिशेयर आम्दानीमा स्ट्याण्डर्ड बैंक अग्रस्थानमा रहेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३५ रुपैयाँ नौ पैसा रहेको छ । अघिल्लो आवको तुलनामा २ रुपैयाँ ३० पैसाले घटेको छ ।

दोस्रोमा एभरेष्ट बैंक रहेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ४५ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी चाँही बढेको छ । अघिल्लो आवमा २० रुपैयाँ ७७ पैसा रहेको यस्तो आम्दानी बढेर २६ रुपैयाँ ०९ पैसा पुगेको छ ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका