जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • २० प्रतिशत घट्यो बैंकहरूको कर्जाको ब्याजदर

२० प्रतिशत घट्यो बैंकहरूको कर्जाको ब्याजदर

गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको आधारदर औसत २ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूको औसत आधारदर ८.०७ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा अघिल्लो वर्षको तुनलामा बैंकहरूको आधारदर औसत २० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको असारमा बैंकहरूको आधारदर औसत १०.०५ प्रतिशत बिन्दुमा थियो ।

बैंकहरूले निक्षेपतर्फ निरन्तर ब्याजदर घटाएपछि आधारदर घट्न पुगेको हो । बैंकको आधारदर घट्नु भनेको कर्जाको ब्याजदर पनि स्वतः घट्नु हो । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत २० प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ ।

गत असारको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ । स्ट्याण्डर्ड चार्टर्डले आधारदर २६.८२ प्रतिशतले घटाएर ६.६० प्रतिशत बिन्दुमा कायम राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधारदर ९.०२ प्रतिशत बिन्दुमा थियो ।

समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको आधारदर २३.०९ प्रतिशत घटेर ८.२६ प्रतिशत बिन्दुमा झरेको छ । यस बैंकबाट पनि कर्जा लिँदा कम ब्याज तिर्नुपर्ने हुन्छ । अघिल्लो वर्षको असारमा बैंकको आधारदर १०.७४ प्रतिशत आधारदर थियो ।

गत असारसम्म एभरेष्ट बैंकको २३.०२ प्रतिशत घटेर ७.२९ प्रतिशत बिन्दु, सानिमा बैंकको २२.८५ प्रतिशत घटेर ७.८३ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २२. ७१ प्रतिशत घटेर ८.३० प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर ८.२६ प्रतिशत बिन्दु, प्रभु बैंकको २१.०६ प्रतिशत घटेर ८.०२ प्रतिशत बिन्दुमा आधारदर कायम राखेका छन् ।

यस्तै लक्ष्मी सनराइज बैंकको २०.७४ प्रतिशत घटेर ८.५२ प्रतिशत बिन्दु, ग्लोबल आइमएई बैंकको २०.६८ प्रतिशत घटेर ८.०९ प्रतिशत बिन्दु, नबिल बैंकको १९.८५ प्रतिशत घटेर ७.६३ प्रतिशत बिन्दु, प्राइम बैंकको १९.६७ प्रतिशत घटेर ८.४९ प्रतिशत बिन्दु, नेपाल बैंकको १९.६५ प्रतिशत घटेर ७.९७ प्रतिशत बिन्दु, कृषि विकास बैंकको १९.५८ प्रतिशत घटेर ८.०९ प्रतिशत बिन्दुमा आधारदर झारेका हुन् ।

यस्तै एनएमबी बैंकको १८.८० प्रतिशत घटेर ८.४२ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १८.१६ प्रतिशत घटेर ८.११ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.८४ प्रतिशत घटेर ७.६९ प्रतिशत बिन्दु, हिमालयन बैंकको १६.३९ प्रतिशत घटेर ९.०८ प्रतिशत बिन्दु, कुमारी बैंकको १८.४४ प्रतिशत घटेर ८.८९ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १४.९५ प्रतिशत घटेर ६.७१ प्रतिशत बिन्दु र एनआईसी एशिया बैंकको ७.९१ प्रतिशत घटेर ९.१९ प्रतिशत बिन्दुमा आधारदर झारेका हुन् ।

अहिले अधिकांश वाणिज्य बैंकहरूको आधारदर एकल अंकमा भएकाले ऋण लिँदा पनि कम लागत लाग्ने गर्दछ । बैंकहरुले आफ्नो आधारदरमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका